• Tuesday 6th of October 2026

अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु


  • धनकुटा खबर
  • .

मेक्सिको सिटी। मेक्सिकाेकी चर्चित नायिकाको निधनको दुखद खबर बाहिर आएको छ। एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान गुमाएकी छन् र उनको मृत्युको कारण थाहा पाउँदा साँच्चै स्तब्ध हुने खालकाे छ। उनकाे मृत्युमा अमेजेनियन भ्यागुताको विषकाे कथा जाेडिएकाे छ।

अब अभिनेत्रीले भ्यागुताको विष किन पिइन् र त्यसपछि के भयो? भन्ने सबै जानकारी सार्वजनिक भएको छ। शुद्धLकरण अनुष्ठानमा भाग लिनु नै यी अभिनेत्रीको जीवनको लागि अत्यन्त खतरनाक साबित भएको छ।

३३ वर्षीया चर्चित मेक्सिकन अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्वेजको दुखद निधनमा साेही अमेजेनियन भ्यागुता कारण बनेकाे छ। वास्तवमा, मार्सेला अल्काजार रोड्रिग्जले आध्यात्मिक रिट्रीटको क्रममा शुद्धिकरणको प्रक्रियामा भाग लिइन्। आफूलाई शुद्ध पार्न उनले अमेजोनियन भ्यागुताको विष पिएकी थिइन र यो अनुष्ठानले गम्भीर पखाला निम्त्यायो। बताइन्छ कि अभिनेत्रीले परम्परागत दक्षिण अमेरिकी कम्बो समारोहमा भाग लिएकी थिइन्। यो संस्कारमा पानी पिउने, शरीर जलाउने र विषाक्त पदार्थ पिएर अाफुलाइ सफा गर्न भ्यागुताको विष लिने गरिन्छ।

जसले यसमा भाग लिन्छ, उसले एक लिटरभन्दा बढी पानी पिउनुपर्छ। यसपछि यसको छालामा साना घाउहरू बनाइन्छ र त्यसपछि ती घाउहरूमा भ्यागुताको म्युकस लगाइन्छ। तर, ती भ्यागुताको शरिरमा विष हुन्छ, जसले रक्तचाप बढाउँछ र यसका कारण मानिसलाई वान्ता हुन थाल्छ। कहिलेकाहीँ यसले पखाला पनि निम्त्याउँछ। भ्यागुता म्युकसले पनि बेहोस हुने, चक्कर लाग्ने र ओठ र अनुहार सुन्निन सक्छ। यी सबै लक्षणहरु करिब आधा घण्टा सम्म रहन्छ तर यो विष शरीरमा लामो समय सम्म रह्यो भने घाँटी दुख्ने र मृत्यु समेत हुन सक्छ।

अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्जसँग पनि यस्तै भएको छ। भ्यागुताको विषका कारण उनलाई झाडापखाला भयो र बान्ता हुन थाल्यो। यस्तो अवस्थामा अभिनेत्रीलाई तत्काल अस्पताल लगिएको थियो। तर, डाक्टरले पनि अभिनेत्रीको ज्यान बचाउन सकेनन् । पखाला र बान्ताका कारण अभिनेत्रीको मृत्यु भएको हो।

यता, अहिले प्रहरीले यो घटनामा भ्रष्टको खोजी सुरु गरेको छ। मार्सेला अल्काजार रोड्रिग्वेजले केही छोटो फिल्म, शृङ्खला र चलचित्रहरूमा काम गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖