• Tuesday 6th of October 2026

एक दिनमै ८६ करोड कमाउने पहिलो फिल्म बन्यो ‘पुष्पा २’


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार फिल्मले आइतबार हिन्दी संस्करणमा मात्रै ८६ करोड भारू कमाएको छ। योसँगै फिल्मले एक दिनमै ८६ करोड भारू कमाउने पहिलो फिल्मको रेकर्ड राखेको हो।

फिल्मले भारतीय बक्स अफिसमा ५२९ करोड ४५ लाख भारू कमाएको छ भने विश्वव्यापी रूपमा ८०० करोड भारू कमाएको छ।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖