• Tuesday 6th of October 2026

१२ वर्षीय बालिका बलात्कारको आरोपमा चालक पक्राउ


  • धनकुटा खबर
  • .

भारतको मध्य प्रदेशको उज्जैनमा १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक अटो रिक्सा चालकलाई पक्राउ गरेको छ ।

सेप्टेम्बर २५ मा उज्जैनमा एक बालिकाको बलात्कारको घटना बाहिरिएको थियो । प्रहरीका अनुसार बालिका दिउँसो ३ देखि ६ बजेको समयभित्र बलात्कृत भएकी थिइन् ।

सोमबार साँझ महाकाल प्रहरी चौकी इलाकाको बदनगर रोडमा रहेको डाँडी आश्रम नजिक ती बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । उनको लुगा रगतले लतपतिएको थियो ।

यस घटनामा राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले दोषीलाई कडा सजाय दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् । आफूले निरन्तर अनुसन्धानको जानकारी लिइरहेको उनले बताए ।

उनले भने, ‘आरोपी पक्राउ परेका छन्, उनी उज्जैनकै हुन्, उनको नाम भरत हो । यस्ता मानिसहरू समाजमा बस्न लायक हुँदैनन् । उसलाई कडा भन्दा कडा सजाय हुनेछ । कडा कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनौँ । उसले मध्य प्रदेशको आत्मालाई चोट पुर्‍याएको छ । युवती मध्यप्रदेशकी हुन् र उनको आवश्यकता ख्याल हामी राख्नेछौँ । ’

काँग्रेसले भाजपा सरकारलाई निशाना बनाउँदै ‘भाजपाबाट छोरी बचाउ’ नारा बनेको आरोप लगाएको छ ।

कांग्रेस रणदीप सिंह सुरजेवालाले भने, ‘मध्य प्रदेशमा महिलाहरू असुरक्षित छन् । यस घटनामा शिवराज सिंह चौहान किन मौन ? यस्ता जघन्य अपराध गर्ने अपराधीलाई २४ घण्टाभित्र सजाय दिनुपर्छ ।’

प्रहरीले दिएको जानकारी अनुसार बालिका आधा कपडामा साँवराखेडी सिंहस्थ बाइपासको कोलोनीमा करिब साढे दुई घण्टा भट्किरहेकी थिइन् तर स्थानीयबाट उनले केही पनि मद्दत पाइनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖