• Tuesday 6th of October 2026

लोकदोहोरी गायिका देवी घर्ती र गायक राजु ढकालको जोडीले किने नयाँ कार


  • धनकुटा खबर
  • .

लोकदोहोरी गायिका देवी घर्ती र गायक राजु ढकालको जोडीले नयाँ कार किनेका छन्।

उनीहरूले बुधबार ३९ लाख मूल्य बराबरको ‘नेटा’ ब्राण्डको विद्युतीय कार खरिद गरेका हुन्।

कार किनेपछि केही तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै उनीहरूले यसबारे जानकारी दिएका छन्।

डेढ दशकअघि विवाह गरेका देवी र राजु दुवै गायनमा चर्चित छन्। उनीहरूको जोडीलाई लोकदोहोरी क्षेत्रमा उदाहरणीय जोडीका रूपमा समेत लिइन्छ।

यी दुईले डेढ दर्जन हाराहारी गीत संगै समेत गाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖