• Tuesday 6th of October 2026

केदार घिमिरे माग्ने बुढाबाट ‘माग्ने राजा’


  • धनकुटा खबर
  • .

काठमाडौंं । ऋषि लामिछानेले केदार घिमिरेलाई ‘माग्ने राजा’ बनाउने भएको छ । निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै बिहीबार चलचित्रको नाम सार्वजनिक गरेको हो ।

केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहने चलचित्र फागुन १ बाट छायाङ्कन सुरु हुने निर्देशक ऋषि लामिछानेले जानकारी दिनुभयो ।

सामीप्यराज तिमिल्सिनाको कथा तथा पटकथा रहेको चलचित्रको निर्माता मुनाल घिमिरे हुनुहुन्छ । चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन रहने छ  ।

केदार घिमिरे मुख्य भूमिकामा रहेको पहिलो चलचित्र ‘माग्ने राजा’ हुने छ । चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता भएपछि सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖