• Tuesday 6th of October 2026

अल्लु अर्जुन उच्च अदालतबाट धरौटीमा रिहा


  • धनकुटा खबर
  • .

हैदराबाद । ‘पुष्पा–२’ को प्रिमियरका क्रममा महिलाको ज्यान गएको मुद्दामा तेलंगाना उच्च अदालतले अभिनेता अल्लु अर्जुनलाई जमानत दिएको छ । यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो।

अभिनेतालाई शुक्रबार बिहान १२ बजे उनको घरबाट पक्राउ गरिएको हो । त्यसपछि ४ बजे उनलाई स्थानीय अदालतमा हाजिर गरिएको थियो, जहाँ उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । त्यसपछि अभिनेताले उच्च अदालतमा पुनरावेदन गरे। उच्च अदालतले उनलाई ५ बजे धरौटीमा रिहा गरेको हो ।

अल्लुलाई डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा जानकारी नदिई पुगेको आरोप लगाइएको छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो ।

घटनामा एक महिलाको मृत्यु भएको थियो भने धेरै मानिस घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖