• Tuesday 6th of October 2026

४२ यात्रु लिएर उडेको श्री एयरको इन्धन चुहिएपछि आकस्मिक अवतरण


  • धनकुटा खबर
  • .

काठमाडौ । माउन्टेन फ्लाइटका लागि काठमाडौँबाट ४२ जना यात्रु लिएर उडेको श्री एयरको जहाजमा समस्य आएपछि केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

जहाज आकाशमा उडिरहेका बेला इन्धन चुहिएपछि आकस्मिक अवतरण गराइएको हो ।

जहाज उडेको केही बेरमै बाँयातर्फको इञ्जिनबाट इन्धन चुहिएको थियो । त्यसपछि जहाजलाई लामो समय आकाश उडाएरु इन्धन खालि भएपछि विमानस्थलमा अवतरण गराइएको हो ।

सुरक्षाका सबै प्रवन्धको व्यवस्था भएपछि अवतरण गराइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖