• Tuesday 6th of October 2026

चितवनको तेस्रो विकेट पतन, हसन र कार्की आउट


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा चितवन राइनोजको तेस्रो विकेट पतन भएको छ। चितवनका हसन इसाखिल २८ रन बनाएर आउट भएका छन्। उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

यसअघि सन्तोष कार्की १४ रन बनाएर आउट भएका थिए। १२ बलमा उनले १ छक्का प्रहार गरे। चितवनका मोहम्मद मोसिनले उनको विकेट लिए। त्यस्तै विपिन रावल ३ रनमा आउट भएका थिए। ललित राजबंशीले उनको विकेट लिएका थिए।

जारी खेलमा चितवनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। यसैबीच ८ ओभरको समाप्तिमा चितवनले ३ विकेटको क्षतिमा ५६ रन बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖