• Tuesday 6th of October 2026

सुदूरपश्चिम रोयल्सले ९.४ ओभरमा बनायो ७० रन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ९.४ ओभरमा ७० रन बनाएको छ ।

सुदूरपश्चिमले ९.४ ओभरमा ४ विकेटको क्षतिमा ७० रन बनाएको हो ।

९.३ ओभरमा सुदूरपश्चिमका हर्मित सिंह १३ रनमा आउट भए । उनलाई पोखराका माइकल लिस्कले आउट गरे ।

६.२ ओभरमा विनोद भण्डारीलाई पोखराका कप्तान कुशल भूर्तेलले १४ रनमा आउट गरेका हुन् ।

यसअघि, सुदूरपश्चिमले लागि पहिलो ६ ओभरमा १ विकेटको क्षतिमा ५० रन बनायो ।

१.५ ओभरमा सुदूरपश्चिमका सैफ जैब ९ रनमा आउट भएका हुन् । उनलाई पोखराका रेमन रेफरले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖