• Tuesday 6th of October 2026

एनपिएलः सुदुरपश्चिमले टस जित्यो,बलिङ गर्ने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। उक्त खेलमा सुदुरपश्चिमले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार व्यहोरेको छ। दश अंकसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ।

कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ। आठ अंकसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ। आजको खेल सुदूरपश्चिमले जितेमा १२ अंकसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ।

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ। यदी कर्णालीले हार्‍यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ। काठमाडौं गुर्खाज पनि आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖