• Tuesday 6th of October 2026

सगरमाथाको अवलोकनमा ब्रायन लारा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिज क्रिकेट टोलीका ’महान्’ क्रिकेटर ब्रायन लारा सोलुखुम्बुस्थित सगरमाथा आधार शिविर (एभरेस्ट बेसक्याम्प) पुगेका छन् ।

उनी सोमबार त्यहाँ पुगेको तस्वीर नेपाल प्रिमियर लिग (एनपीएल)को फेसबूक पेजमा सार्वजनिक भएको छ ।

लाराले आधार शिविर पुगेर विश्वकै सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गरेका छन् ।

एनपीएल हेर्न भनेर विश्व चर्चित क्रिकेटर लारा छोरीससहित गत शुक्रबार नेपाल आएका थिए । उनी शनिबार एनपीएल हेर्न कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेका थिए । पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाजबीच खेल चलिरहँदा उनी त्यहाँ पुगेका हुन् । खेल सकिएपछि उनी मैदानमा पुगेका थिए । उनलाई नेपाली दर्शकले स्वागत गरेका थिए । उनले पनि अभिवादन फर्काएका थिए ।

गत जुनमा अमेरिका र वेस्ट इन्डिजले संयक्त रूपमा आयोजना गरेको टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका दौरान नै लाराले नेपाल आउन इच्छुक भएको बताएका थिए । जहाँ नेपाल पनि सहभागी थियो ।

ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए ।

यसअघि एनपीएल खेल्न आएका भारतका चर्चित क्रिकेटर शिखर धवन पनि सगरमाथा आधार शिविर पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖