• Sunday 4th of October 2026

आत्मघाती बिस्फोट, डिएसपीसहित ५२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

पाकिस्तानमा शुक्रबार भएको एक आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

द डन समाचार पत्रका अनुसार बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो। बिस्फोटमा परी र्‍यालीमा खटेका मास्तुङका डिएसपीको पनि मृत्यु भएको छ।

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

बिस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖