• Tuesday 6th of October 2026

नेपालले दियो बङ्गलादेशलाई ५५ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ५४ रन बनाएको हो ।

नेपालका लागि सावित्री धामीले ११, कप्तान पूजा महतोले ९, ओपनर सना प्रविन ४ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालका तीन खेलाडी रनआउट भएका छन् । जसमा सना, सावित्री र सोनी पाख्रिन छन् ।

आजको खेलमा नेपालले जित हासिल गर्न सके अङ्कतालिकामा दोस्रो हुँदै फाइनलको यात्रा तय गर्नेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖