• Tuesday 6th of October 2026

‘म सिंगल छु’ भन्ने पूर्वप्रेमी अर्जुनलाई मलाइकाले फर्काइन् जवाफ


  • धनकुटा खबर
  • .

मुम्बई । मलाइका अरोरा आफ्नो प्रोफेशनल र पर्सनल लाइफलाई लिएर चर्चामा रहन्छिन् । अरबाज खानसँग अलग भएपछि मलाइकाले अर्जुन कपूरसँग डेट गर्न थालिन् ।

यो जोडीको नाम ती बलिउड स्टारहरूको सूचीमा परेको थियो, जसको उमेरको भिन्नता सधैँ समाचारमा रह्यो। तर, मलाइका र अर्जुनको सम्बन्ध सन् २०२४ मा टुट्यो ।

अर्जुन अजय देवगनको फिल्म सिंघम अगेनमा देखिएका थिए र उनले फिल्म प्रमोशनका क्रममा आफू सिंगल भएको खुलासा गरेका थिए । यता, मलाइकाले सम्बन्धका बारेमा खुलेर कुरा गर्नबाट टाढै छिन् । तर, अब अभिनेत्रीले ब्रेकअपपछि पहिलो पटक अर्जुन कपुरको बयानबारे कुरा गरेकी छन् ।

ईटी टाइम्सलाई दिएको अन्तर्वार्तामा मलाइका अरोराले भनिन्, ‘म सार्वजनिक मञ्चमा आफ्नो व्यक्तिगत जीवनको बारेमा कहिल्यै कुरा गर्न चाहन्नँ । अर्जुनले जे भनेका छन् त्यो पूर्णतया उनको इच्छा हो र म यसमा केही भन्न चाहन्नँ । गत वर्षका चुनौतीहरूपछि अब नयाँ वर्षसँगै अगाडि बढ्ने समय आएको छ । सबैजना अगाडि बढौँ र नयाँ वर्षलाई स्वागत गरौं, जसले जीवनमा नयाँ सुरुवातको संकेत गर्दछ।’

अर्जुन कपुरको दिवाली कार्यक्रमको एक भिडियो भाइरल भएको थियो जहाँ मानिसहरूले मलाइका अरोराको नाम लिइरहेका देखिन्थे। यसको जवाफमा अर्जुनले भने, ‘म सिंगल छु । सबै आराम गर्नुहोस्।’ सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि फ्यानहरू पनि छक्क परेका छन् ।

अर्जुन कपुर बोनी कपुर र मोना शौरीका छोरा हुन्। फिल्मी करियरको कुरा गर्दा उनले सन् २०१२ मा फिल्म ‘इशकजादे’ बाट डेब्यु गरेका थिए । यो वर्ष उनी अजय देवगन स्टारर सिंघम अगेनमा देखिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖