• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७९ पुगेको छ ।

विमानमा सवार १८१ मध्ये दुई जनाबाहेक सबैको ज्यान गएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।

विमानमा रहेका दुई जनालाई भग्नावशेषबाट जिउँदै निकालेर अस्पताल लगिएको थियो । उनीहरू दुबै चालक दलका सदस्य हुन् ।

जेजु एयरको विमान थाइल्यान्डको बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको बताइएको छ ।

कोरियाली बजेट एयरलाइन्स जेजु एयरले सञ्चालित बोइङ ७३७–८०० विमान दुर्घटनामा परेको थियो ।

जेजु एयरको व्यवस्थापन टोलीले ‘विमानमा कुनै प्राविधिक त्रुटि नभएको’ बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖