• Sunday 4th of October 2026

पत्रपत्रिकामा खाना पोको पार्नु खतरनाक


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको खाद्य नियामक एफएसएसएआइले खाद्य बिक्रेता र उपभोक्ताहरूलाई खाना पोको पार्नका लागि अखबार प्रयोग गर्न बन्द गर्न आग्रह गरेको छ।

भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफएसएसएआइ) ले यसको कार्यान्वयन सुनिश्चित गर्न राज्य स्तरमा खाद्य नियामकहरूसँग निरन्तर काम गरिरहेको छ।

एफएसएसएआइका मुख्य कार्यकारी अधिकारी जी कमला वर्धन रावले “देशभरका उपभोक्ता र खाद्य बिक्रेताहरूलाई तत्काल प्रभावबाट खाना र्‍याप गर्न, भण्डारण गर्न वा सर्भ गर्न अखबारहरू प्रयोग गर्न बन्द गर्न” भनेकी छिन् ।

यसले स्वास्थ्यमा नकारात्मक असर पारेको उनले बताइन् । समाचार एजेन्सी पीटीआईका अनुसार एफएसएसएआईले बुधबार भन्यो, “अखबारहरूमा प्रयोग गरिने मसीमा धेरै प्रकारका बायोएक्टिभ पदार्थहरू हुन्छन् जसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ र धेरै स्वास्थ्य सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ।”

एफएसएसएआइ भन्यो ‘समाचार पत्रहरू धेरै प्रकारका परिस्थितिहरू मार्फत मानिसहरूसम्म पुग्छन्। यसमा ब्याक्टेरिया र भाइरसको जोखिम हुन्छ । यसले धेरै रोग निम्त्याउन सक्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖