• Tuesday 6th of October 2026

सचिनको निधनमा प्रधानमन्त्री : ‘भाइरल बनाउने प्रवृत्ति जिम्मेवार’


  • धनकुटा खबर
  • .

काठमाडौं । बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।

उनले सचिनको तस्वीर पनि सेयर गरेका छन् । प्रधानमन्त्रीको पोस्टमा थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन् । सामाजिक सञ्जालमा भाइरल बालगायकको रूपमा चर्चित परियारकाे बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖