• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भवनको छतमा ठोक्कियो विमान : २ जनाको मृत्यु, १८ घाइते


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा एउटा सानो विमान भवनको छानासँग ठोक्किएर दुर्घटनाग्रस्त भएको छ। बिहीबार साँझ भएको यस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको बीबीसीले जनाएको छ।

मृतकको अझै सनाखत हुन सकेको छैन। यसबाहेक मृतक विमानमा थिए वा जमिनमा थिए भन्ने अझै खुल्न सकेको छैन। यो विमान ओरेन्ज काउन्टीको फुलर्टन म्युनिसिपल एयरपोर्टबाट उडेको थियो। उडेको २ मिनेटमै दुर्घटना भएको बताइएको छ।

दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेको छ। भवनमा लागेको आगो नियन्त्रणमा आएको छ भने वरपरको क्षेत्र पनि खाली गरिएको छ। विमान दुर्घटना भएको भवनमा फर्निचर निर्माणको काम भइरहेको थियो। दुर्घटनाको समयमा भवनमा करिब २ सय जना कामदारहरूले काम गरिरहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖