• Tuesday 6th of October 2026

सवारी दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई प्रवासी नेपालीको आर्थिक सहयोग


  • धनकुटा खबर
  • .

काठमाडौं । सवारी दुर्घटनामा परेर खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिना घिमिरेलाई प्रवासी नेपालीहरूले आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का सचिव शंकर खड्काको पहलमा अमेरिकमा बस्ने नेपालीहरूबाट तीन लखा ५१ हजार १११ रकम संकलन भएको थियो ।

उक्त रकम शनिबार घिमिरेको निवासमा कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य जितजंग बस्नेत, काठमाडौं जिल्ला सभापति सबुज बानिया, नेता हरिबोल भण्डारी, नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई लगायले रकम हस्तान्तरण गरेका छन् ।

एनआरएनएका महासचिव केशव पौडेलले पनि घिमिरेलाई अतिरिक्त सहयोग गरेका छन् । घिमिरेलाई रकम हस्तान्तरण गर्ने कार्यक्रममा एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशी पनि सहभागी थिए ।

पूर्वमहामन्त्री कोइरालाले रकम संकलनको संयोजन गर्ने र सहयोग गर्ने अमेरिककामा रहेका नेपालीहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖