एजेन्सी । भारतको गुजरातको पोरबन्दरमा आइतबार एक नियमित तालिमका क्रममा भारतीय तट रक्षकको एडभान्स्ड लाइट हेलिकप्टर (एएलएच) ध्रुव दुर्घटनाग्रस्त भएको छ । दुर्घटना तट रक्षक वायु चौकी पोरबन्दरमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआइ) ले एक जना प्रहरी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा तीन जना चालक दलका सदस्यको मृत्यु भएको जनाएको छ । हेलिकप्टरमा दुई जना पाइलट र तीन जना अन्य सदस्य सवार थिए ।
प्राविधिक समस्याका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको भारतीय तट रक्षकले यस सम्बन्धमा थप विवरण सार्वजनिक गर्न बाँकी छ ।
