• Tuesday 3rd of November 2026

राप्रपा केन्द्रीय सदस्य पुष्पराज पुरुष पनि स्वर्णलक्ष्मी सहकारी ठगीमा प्रतिवादी


  • धनकुटा खबर
  • .

काठमाडौँ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पनि जोडिएका छन् ।

राप्रपा केन्द्रीय सदस्य पुष्पराज पौडेल (पुरुष) स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् । उनीसहित ३९ व्यक्तिलाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ ।

यो सहकारीले बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ ।

यता प्रहरीले फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका ४२ वर्षीय पुष्पराज भने सार्वजनिक रूपमा मिडियामा अन्तर्वार्ता दिँदै हिडेका छन् । उनी यसअघि पनि ठगीको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖