• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, २२ पुस । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । 

 

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अर्थात २० जनवरीमा राष्ट्रपति पदको सपथ लिने तयारी भइरहेको बेला दुबै नेताहरूको पुर्वसन्ध्यामा भेट भएको हो ।

 

आइतवार बिहान इटलीको प्रधानमन्त्रीको कार्यालयबाट पठाइएको तस्विरमा मेलोनी र ट्रम्प मार ए लागोको प्रवेशद्वारमा पोज दिइरहेको र रिसेप्शन कोठामा कुराकानी गरिरहेको देखाइएको छ। जसमा पृष्ठभूमिमा क्रिसमस ट्री देखिएको छ ।

 

त्यहाँ उपस्थित अमेरिकी पत्रकारहरुका अनुसार ट्रम्पले मेलोनीलाई ‘अद्भुत महिला’ भनेर टिप्पणी गरेको उल्लेख गरेका छन् । ‘उहाँले युरोप र अरू सबैलाई साँच्चै प्रभावित गर्नुभएको छ र हामी आज राती यहाँ खाना खाइरहेका छौं,’ ट्रम्पले भेट पछि निकटबर्तिसँग भने। अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवैले डिनर गर्नुका साथै फिल्म पनि सँगै हेरेका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प र मेलोनीले  ‘द ईस्टम्यान डिलेमाः लफेयर वा जस्टिस’नामक फिल्म  सँगै हेरेका हुन् । जुन वकिलसँग सम्बन्धित वृत्तचित्र हो, जसलाई २०२० को चुनावी नतिजा ट्रम्पको पक्षमा उल्टाउने प्रयास गरेको आरोप लगाइएको थियो।

 

आइतवार दुई कन्जरभेटिभ नेताहरूको तस्बिरहरू सबै इटालियन अखबारहरूको पहिलो पृष्ठमा सँगै प्रकाशित गरिएको थियो । मेलोनीसहित क्यानडाका जस्टिन ट्रुडो र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलगायत धेरै विदेशी नेताहरू हुन्, जसले ट्रम्पले पदभार ग्रहण गर्नु अघि नै अमेरिका पुगेर उनीसँग भेटघाट गरेका थिए ।

 

भारी आयात कर लगाउने ट्रम्पले घोषणा गरे पछि  व्यापारमा सम्भावित नकारात्मक प्रभावबाट जोगिने योजना बनाउन युरोपलगायत परम्परागत आर्थिक सहयोगीहरू बीचमा अहिले दौडधुप जारी रहेको छ । सोही सिलसिलामा मेलोनी ट्रम्पलाइ भेटन अमेरिका पुगेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖