• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने


  • धनकुटा खबर
  • .

टोरोन्टो, २२ पुस । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने संकेत देखिएको छ ।

आफ्नो लिबरल पार्टी भित्र बढ्दो असन्तुष्टिको सामना गर्दै आएका ट्रुडोले यस हप्ता आफ्नो राजीनामाको घोषणा गर्ने सम्भावना रहेको द ग्लोब एन्ड मेलले उल्लेख गरेको छ ।

पार्टीको आन्तरिक मामिलाका बारेमा जानकार स्रोतका अनुसार  ट्रुडोको घोषणा सोमबार पनि आउन सक्नेसमेत उल्लेख गरेको छ । उसका अनुसार बुधवार राष्ट्रिय लिबरल पार्टी ककसको अगाडि उनको राजिनामा घोषणा हुन सक्छ। हालैका महिनाहरूमा ट्रुडोको लोकप्रियता घटेको छ । 

 

उनी नेतृत्वका प्रभावशाली मन्त्रीहरूले राजिनामा दिएर बाहिरिए पछि उनी थप संकटमा परेका छन । सरकार माथीको अविश्वासको मत र आलोचकहरूले उनको राजीनामाको माग गरिरहेको बेला उनको राजिनामा आउन सक्ने जनाइएको छ ।

 

उनले अक्टोबर २०१५ मा हुने चुनावमा उदारवादीहरूलाई मार्गदर्शन गर्न जारी राख्ने वाचा गरेका छन् । तर क्यानाडाका सामानहरूमा २५ प्रतिशतसम्म कर लगाउने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी पछि उनले थप दबाबको सामना गर्नुपरेको छ।

 

उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डले डिसेम्बरमा ट्रम्पको स्पष्ट योजनालाई कसरी प्रतिक्रिया दिने भन्ने कुरामा ट्रुडोसँग असहमति भएपछि उनको क्याबिनेट भित्र प्रधानमन्त्री विरुद्ध पहिलो खुला असहमति देखा परेको थियो । त्यस घटना पछि ट्रूडोले आफ्नो मन्त्रिपरिषद्मा ठूलो फेरबदलको घोषणा गरेका थिए, जो क्यानडाको राजनीतिक इतिहासमा एउटा उथलपुथल मानिएको छ ।

 

तर, नोभेम्बरमा उनले फ्लोरिडाको यात्रामा ट्रम्पलाई उनको मार ए लागो एस्टेटमा भेटेर ‘ट्रेड युद्ध’ रोक्नु पर्ने जनाएका थिए । क्यानडालाइ अमेरिकाको ५१ राज्य भन्ने ट्रम्पले उनको प्रस्ताव अस्विकार गरेको जनाइएको छ ।

 

त्यसमाथी, अमेरिका पछिको पाँच उत्कृष्ट ठुलो अर्थतन्त्र भएको भारतसँगको उनको पैठेजोरीले पनि ट्रुडो अप्ठयारोमा परिरहेका छन् । कतिसम्म भने भारत र क्यानडाले एक अर्काका कुटनीतिज्ञहरूलाइ निष्काषन र फिर्तासम्मको निर्णयमा पुगेका थिए ।   
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖