• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भूकम्पबाट मर्नेको सङ्ख्या १ सय २६ पुग्यो


  • धनकुटा खबर
  • .

एजेन्सी । चीनको सिजाङस्थित डिंग्री काउन्टीमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार भूकम्पका कारण कम्तीमा १ सय ८८ जना घाइते भएका छन् ।

मंगलबार स्थानीय समयअनुसार बिहान ९ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो ।

भूकम्पले सगरमाथा नजिकै रहेको तिब्बतको निकै विकट क्षेत्रमा १ हजारभन्दा बढी घरमा क्षति पुगेको बताइएको छ । भूकम्प लगत्तै व्यापक रूपमा उद्धार कार्य जारी रहेको छ ।

तर, त्यहाँको तापक्रमले खोजी तथा उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ । सो क्षेत्रमा राति तापक्रम माइनस १६ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖