• Tuesday 6th of October 2026

‘म त ढलेँ ढलेँ’ को सक्सेस पार्टीमाथि ज्योति मगरको कटाक्ष


  • धनकुटा खबर
  • .

चर्चित गीत ‘म त ढलेँ ढलेँ’ ले को ‘सक्सेस सेलिब्रेसन’ माथि गायिका ज्योति मगरले कटाक्ष गरेकी छिन्। गायिका मगरले लोक तथा दोहोरी गीत प्रतिष्ठान र त्यसको नेतृत्वमाथि नै कटाक्ष गरेकी हुन्।

उनले फेसबुकमा लेखेकी छिन्, “ ‘काले के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो’ बोलको गीतलाई सत्कृत भड्काउने छाडा गीत भन्दै उफ्रने दोहोरी गीत प्रतिष्ठान ‘मलाई पल्ला घरे साइलाले…म त ढले ढले’ गीतको सक्सेस पाटीमा केक काट्नुलाई तपाईं के भन्नु हुन्छ? आज के साम, सो कल्ड आदर्शवादी के नाम’ एक एक कमेन्ट प्लिज…”

शुक्रबार गायिका तथा निर्मात्री शान्तारानी परियारसहितको टोलीले गीत पाँच करोड क्लबमा पुगेको भन्दै केक काटेर सफलता मनाएको थियो। सो कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रीता थापा पनि देखिएकी थिइन्। ‘म त ढलेँ ढलेँ’ गीतलाई युट्यबसहित अन्य प्लेटफर्ममा पाँच करोड भन्दा धेरै पटक हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖