• Tuesday 6th of October 2026

बलिउडमा डेब्यू गर्दै रवीना टन्डनकी छोरी राशा


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री रवीना टन्डनकी छोरी राशा थडानी बलिउडमा डेब्यू गर्दैछिन्।

उनले अजय देवगनको फिल्म ‘आजाद’ बाट बलिउडमा डेब्यू गर्न लागेकी हुन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यस फिल्मबाट अजयकी भान्जा अमन देवगन पनि डेब्यू गर्दैछन्।

यस फिल्मको ट्रेलर समेत रिलिज भइसकेको छ। यसमा घोडाको रोचक कहानी देखाइएको छ।

५ दिनअघि फिल्ममा समावेश ‘उई अम्मा’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा राशा थडानीले आइटम डान्स गरेकी छन्। उनको डान्सलाई दर्शकले निकै रूचाइरहेका छन्।

फिल्म रिलिज हुनुअघि नै उनको सामाजिक सञ्जालमा १.४ मिलियन फलोअर्स छन्।

उनको पहिलो फिल्म १७ जनावरीमा रिलिज हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖