• Tuesday 6th of October 2026

माल्टाबाट पोर्चुगल जान खोज्ने ८ जना नेपाली पक्राउ


  • धनकुटा खबर
  • .

माल्टा । माल्टामा ८ जना नेपालीहरु पक्राउ परेका छन् । माल्टाबाट पोर्चुगल जाने क्रममा त्यहाको विमानस्थलबाट उनीहरु पक्राउ परेका हुन । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सका अनुसार आइडी कार्ड (टीआर) नविकरण नभएका, टिआरनै खारेज भएका, टिआर नपाएकाहरु, वा कागजातको रुपमा बैधानिक नभएकाहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीलाई सोधपुछका लागी हाल माल्टाको हालसाफि डिटेन्सन सेल्टरमा नियन्त्रणमा राखिएको छ । पक्राउ परेका ९ जनामध्ये ५ जना पुरुष र ३ जना महिला छन् । १ जना महिला भने आफन्तहरुको सहयोगमा छुटेकी छन । पक्राउ परेका नेपालीलाई छुटाउन पहल भईरहेको अध्यक्ष खनालले जानकारी दिए ।

पछील्लो समय रोजगारीका लागि माल्टा पुगेपनि भविष्य नदेखेर पोर्चुगल जानेको संख्या बढ्दै गएको छ । माल्टा पुगी काम नगरि अन्य मुलुकतर्फ जान खोज्नेहरुलाई माल्टा प्रहरीले कडा निगरानी गर्दै पक्राउ गर्ने अभियाननै चलाएको छ ।

यधपी रोजगारीको राम्रो गन्तव्य मान्दै नेपालीहरु माल्टा जाने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖