• Tuesday 6th of October 2026

के सैफको घरमा महिला कामदारले चोर बोलाएकी हुन् ?


  • धनकुटा खबर
  • .

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान ४ बजे आफ्नै घरमा छुरी प्रहार भएको छ। चोरीको नियतले घरभित्र पसेका चोरले सैफमाथि धारिलो हतियार प्रहार गरेका छन्।

स्रोतका अनुसार चोरको सैफ अली खानकी घरेलु कामदार महिलासँग झगडा भएको थियो र उनीमाथि आक्रमण भएको थियो। यो आवाज सुनेर सैफ आफ्नो कोठाबाट बाहिर निस्किएपछि आक्रमणकारीले उनीमाथि आक्रमण गरेका थिए। यी सबै बीचमा प्रहरीले कामदारको भूमिकामाथि शंका गरिरहेको भारतीय सञ्चारले जनाएका छन्।

आक्रमणकारी कामदारलाई भेट्न आएको र दुईबीच झगडा भएको हुन सक्ने प्रहरीको अनुमान छ। आक्रमणकारीले महिला कामदारलाई आक्रमण गर्न खोजे, सैफले हस्तक्षेप गर्ने प्रयास गरे र घाइते भए। प्रारम्भिक अनुसन्धानमा प्रहरीले उनलाई कामदारले भित्र पस्न दिएको हुन सक्ने आशंका गरेको छ।

प्रहरी स्रोतका अनुसार कामदारको बयान लिइने छ। प्रहरीले कामदारको भूमिकामा शंका गरिरहेको छ। के कामदारले चोरलाई घरभित्र पस्न दिइन्? उपचारपछि कामदारको बयान लिइने छ। यसबाहेक सैफ अली खानका स्टाफका तीन जनाको बयान लिइएको छ।

बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहानै धारिलो हतियारले आक्रमण भएको थियो। चोरीको नियतले घरमा आएका आरोपितले सैफमाथि चक्कु प्रहार गरेका थिए। प्रहरीले यस विषयमा एफआईआर दर्ता गरी अनुसन्धान सुरु गरेको छ। वरपरका सीसीटीभी क्यामेराहरू जाँच गरिँदै छन्। यसैबीच अब आरोपीलाई पक्राउ गर्न प्रहरीको सात टोली गठन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖