• Tuesday 6th of October 2026

समादी खोलाले बगाएको जिप भेटियो


  • धनकुटा खबर
  • .

पर्वतमा समादी खोलाले बगाएको जिप भेटिएको छ । शनिबार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग१ज ६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना समादी खोलामा आएको बाढीले बगाएको थियो ।

जिपमा सवार चार जनामध्ये चालकले गाडी रोकेर ओत लगाउने बेला एक्कासी आएको बाढी बगाएको र बाँकी तीन जना यात्रु जिपसँगै बगेका थिए ।

जिप मोदी खोला भन्दा केहि माथि जम्बुर भन्ने ठाउँमा भेटिए पनि बेपत्ता यात्रुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖