• Sunday 4th of October 2026

दोस्रो विवाहको बारेमा वर्षा शिवाकोटी यसो भन्छिन्…


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाली सिनेमा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएकी नायिका हुन् वर्षा शिवाकोटी। उनले अभिनय गरेका दर्जन बढी सिनेमाहरु आजसम्म रिलिज भइसके। तर जति क्लिक हुनुपर्ने हो त्यति उनी भएकी छैनन्। जुन कुरा वर्षा स्वयं आफैले पनि स्विकार्दै आएकी छिन्।

यतिबेला उनी आफ्नो नयाँ सिनेमा ‘परदेशी २’को प्रचारप्रसारमै व्यस्त छिन्। विभिन्न मिडियामा पुगेर उनले दर्शकमाझ आफ्नो नयाँ सिनेमाको बारेमा जानकारी दिइरहेकी छिन्। प्रचारप्रसारकै लागि लोकप्रिय कार्यक्रम ‘रजतपट’मा पुगेकी उनले सिनेमासँगै आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि खुलेर बोलेकी छिन्।

विशेषगरी आफ्नो असफल वैवाहिक जीवनको बारेमा उनले आफ्नो धारणा उक्त कार्यक्रम मार्फत व्यक्त गरेकी हुन्। छिटो वैवाहिक जीवनमा बाँधिनु अनि छिट्टै वैवाहिक जीवन टुक्रीनुलाई उनले खराब समयको रुपमा लिएको बताएकी छिन्। सबैको जीवनमा एक न एक घटना घट्ने र आफ्नो जीवनमा चाहिँ वैवाहिक जीवनको असफल घटना घटेकोले उक्त घटनाबाट विस्तारै बाहिर आउन खोजिरहेको उनको भनाइ छ।

त्यसो त, रजतपटका हालमा प्रस्तोताले वर्षालाई दोस्रो विवाहको बारेमा पनि प्रश्न सोधेका थिए। ‘अहिले नै दोस्रो विवाहको बारेमा केही सोचेकै छैन’, वर्षाले उक्त कार्यक्रममा बोल्दै भनेकी छिन, ‘विवाह भन्ने चिज लेखेरै आएको हुन्छ। अहिले म करिअरमा फोकस छु। एउटा सही समय आउला नि।’

साथै अब कलाकारिता यात्राको लागि पनि सही समय र सही सिनेमाको प्रतीक्षामा रहेको वर्षाले बताइन्। थोरै भुमिका रहे पनि ‘परदेशी २’बाट पनि वर्षाले ठुलै आशा राखेकी छिन्। जुन सिनेमा आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउँदैछ।

नारायण रायमाझी निर्देशित उक्त सिनेमामा वर्षाका अलावा प्रकाश सपूत, केकी अधिकारी, दिलिप रायमाझी, प्रशान्त तामाङ लगायतको अभिनय रहेको छ। सिनेमाको कथा भने रमेश बिजीले लेखेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖