• Wednesday 7th of October 2026

बलेले ३५ लाखमा साइन् गरेका हुन् फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ ?


  • धनकुटा खबर
  • .

काठमाडौं । टिभी श्रृंखलाका चर्चित कलाकार सागर लम्साल ‘बले’ले नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ साइन गरेका छन् । ३५ लाख रुपैयाँ पारिश्रमिकमा राजु गिरीले निर्देशन गर्ने फिल्ममा उनी अनुबन्धित भएको जनाइएको छ ।

फिल्ममा उनी शीर्ष पात्रमा देखिने प्रेषित विवरणमा उल्लेख छ । ‘लोफर’बाट फिल्म करिअर थालेका बलेको आगामी फिल्म ‘लाज शरणम’ प्रदर्शन तयारीमा छ । उनले सयौं चर्चित म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । ‘सक्किगो नि’मा समेत उनी ब्यस्त छन् ।

‘डल्लेले इन्ट्री मार्‍यो’मा बलेले लिएको पारिश्रमिक उनको करिअरको उच्च रहेको निर्माताको दावी छ । पात्रमा फिट, कुशल अभिनय र बजारको मागलाई हेरेर बलेलाई अनुबन्धित गरिएको निर्देशक गिरी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖