• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इन्धन बोकेको ट्रक विस्फोट : ७० जनाको मृत्यु


  • धनकुटा खबर
  • .

लागोस । नाइजेरियाको मध्य क्षेत्रमा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।

‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,’ नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी)का प्रमुख कुमार सुक्वामले एएफपीलाई टेलिफोनमा बताए ।

सुक्वामले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १० बजे डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

‘अधिकांश मानिस चिन्न नसकिने गरी जलेका थिए,’ सुक्वामले भने, ‘हामी वास्तविकता बुझ्न घटनास्थलमा छौं ।’

गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖