• Tuesday 6th of October 2026

यी रहेछन् सैफ अली खानलाई छुरा प्रहार गर्ने ब्यक्ति,यसरी परे पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । मुम्बई प्रहरीले भारतको चलचित्र नगरी बलिउडका अभिनेता सेफअली खानमाथि छुरा प्रहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

आरोपी थानेको हिरामन्डी श्रम शिविरबाट पक्राउ परेका हुन् र उनी पश्चिम बंगालका निवासी रहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

मुम्बई प्रहरीले घटना आरोपी मोहम्मद अलीयान उर्फ बीजेले नै गराएको दाबी गरेको छ । पक्राउ पर्ने डरले अभियुक्तले यसअघि आफूलाई विजय दास भनेर चिनाएका थिए ।

आरोपीलाई शनिबार राति ३.३० बजे सोधपुछका लागि बान्द्रा प्रहरी चौकीमा ल्याइएको थियो । उनलाई आइतबार बिहान ११ बजे बान्द्रा हलिडे कोर्टमा पेस गरिने छ ।

यसबारे जानकारी दिन मुम्बई प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गर्ने भएको छ ।

बिहीबार बिहानै बान्द्रासिथत घरमा सैफअलीमाथि छुरा प्रहार भएको थियो । यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार अभियुक्तले सेफअलीको घरमा पस्नका लागि आगलागीका लागि प्रयोग हुने भवनका सिँढीहरू प्रयोग गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖