ब्रेकअपको विषयमा पत्रकारको प्रश्नमा गायिका एलिना चौहानले खुलासा गर्दै भनिन्, “हाम्रो ब्रेकअप भइरहन्थ्यो, अझै भइरहन्छ। यस्तो कुरा मेरो मात्रै होइन, मेरो आमाबाबुको पनि हुन्छ।
अरूको सम्बन्धमा पनि देखेको छु। तपाईं कुनै जोडि भएको घरमा १५ दिन पाहुना बस्नुस्, सुरुका २-३ दिन त उनीहरू पाहुना छन् भनेर बाझ्नबाट टाढा रहन सक्छन्।
तर, ५ दिनपछि अलि-अलि मनमुटाव सुरु हुन्छ, अनि १५ दिनपछि त स्थिति स्पष्ट भइसक्छ। यो एक स्वाभाविक कुरा हो।”
उनले अगाडि थपिन्, “त्यो समयमा हामी केही समयका लागि बोलचाल बन्द गरेका थियौँ। त्यही अवस्थामा म कुनै कुरा आवेगमा आएर अरूसँग पोखेको थिएँ।”
