१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिलो ओभरमै विकेट लिन सफल भएको छ ।
पहिलो ओभरको दोश्रो बलमा नेपालका बलर सोमपाल कामीले माल्दिभ्सका ब्याटरलाई बोल्ट आउट गरेका हुन । पहिलो ओभरको समाप्तीमा माल्दिभ्सले १ विकेट गुमाएर १ रन मात्र बनाएको छ ।
यस चीनमा जारी यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो ।
