• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पद्वारा अमेरिकालाई डब्ल्यूएचओबाट अलग्याउने आदेश जारी


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एक पछि अर्को गर्दै निर्णय गरेका छन् ।

यसै क्रममा उनले अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् ।

‘ओहो, यो ठुलो निर्णय हो ।’ यो आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भनेका थिए । अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि अनुचित मूल्य चुकाएको उनको भनाइ छ ।

‘हामी फर्किऔँ भन्ने उनीहरूको निकै इच्छा छ, त्यसैले हेरौँ के हुन्छ ।’ डब्ल्यूएचओतिर सङ्केत गर्दै ट्रम्पले भने । यसलाई केहीले भने केही समय पछि डब्ल्यूएचओमा अमेरिकाको फिर्तीतर्फ ट्रम्पको सङ्केत हुन सक्ने बताइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖