• Tuesday 6th of October 2026

मैले छविजिको एक रुपैयाँ खाएको छैन, सबै आफ्नै कमाइ लिएकी हुँ : शिल्पा पोखरेल


  • धनकुटा खबर
  • .

अभिनेत्री शिल्पा पोखरेलले निर्माता छवि ओझासँग आफ्नो कमाइ मात्र लिएको स्पष्ट पारेकी छन्। उनले छविसँग ६ वर्ष सँगै बसेर काम गर्दा संयुक्त रूपमा संचित सम्पत्तिबाट आफ्नो हिस्सा मात्र मागेको बताइन्।

‘मैले जिल्ला अदालतबाट भएको फैसला अनुसार सम्पूर्ण अधिकार पाएर आफ्नो हकको लडाइँ जितेको हुँ,’ शिल्पाले भनिन्।

‘मैले अदालतले दिएको अधिकारअनुसार मेरो कमाइको मात्र हिस्सा मागेकी हुँ। जग्गा र घरलाई लिएर आएका कुरा निराधार छन्। म थाकिसकेको छु र थप लड्न चाहन्न।’

शिल्पाले ४० लाख रुपैयाँ खर्च गरेर एउटा खण्डहरजस्तो घरलाई बस्न योग्य बनाएको पनि खुलासा गरिन्। साथै, आफ्नो मानसिक स्वास्थ्य र गोपनीयतामाथि असर पुग्ने कुनै पनि व्यवहारलाई लिएर कानुनी कदम उठाउने चेतावनी दिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖