• Sunday 4th of October 2026

फेरि अर्को डाक्टरमाथि हातपात


  • धनकुटा खबर
  • .

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ ।

आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले कुटपिट गरेका हुन् ।

‘बिरामीले एक विशेषज्ञको नाम लिएर देखाउन आउनुभएको रहेछ । तर, ती विशेषज्ञ क्लासमा हुुनुहुँदो रहेछ । इन्टर्न डाक्टरले हल्ला नगर्नुहोस्, उहाँ क्लास लिन जानुभएको छ । एकछिन समय लाग्छ भनेपछि कुटपिट भएको रहेछ’, दाहालले अनलाइखबरसँग भने ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ ।

अहिले अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖