• Monday 2nd of November 2026

राष्ट्रिय हित प्रतिकूल र भ्रामक सूचना सम्प्रेषण गर्नेलाई पाँच वर्ष कैद र १५ लाखसम्म जरिवाना हुने


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ माघ । सामाजिक सञ्जालमा कसैले बेनामी वा छदमभेषी पहिचान बनाएर विषयवस्तु उत्पादन तथा पोष्ट, सेयर गरेमा तीन महिनासम्म कैद, पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले ल्याएको विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।

‘कसैले सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी (फेक आइडी, पेज, समूह) वा अरुको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छद्मभेषी पहिचान मार्फत विषयवस्तु उत्पादन गरी पोष्ट वा सेयर गर्ने, अरूको विषयवस्तु सेयर गर्ने, कमेन्ट वा कल गर्ने कार्य गर्नु हुँदैन,’– प्रस्तावित विधेयकमा भनिएको छ ।

सामाजिक सञ्जालमा व्यक्तिगत वा सामूहिक रुपमा छद्मभेषी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्नेलाई पाँच वर्षसम्म कैद वा पन्ध्र लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था प्रतावित विधेयकमा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖