• Sunday 1st of November 2026

बेनलाई प्रधानमन्त्रीको रिप्लाई: कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार


  • धनकुटा खबर
  • .

काठमाडौं । पत्रकार पक्राउ प्रकरणलाई लिएर प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले आइतबार फेसबुकमा २८ जना पत्रकारको सूचीबारे व्यङ्ग्यात्मक टिप्पणी गरेपछि प्रधानमन्त्री बालेनले पनि प्रतिक्रिया दिएका हुन्।

बेनले फेसबुकमा लेखेका थिए, ‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो।’

उक्त पोस्टमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार।’

पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनालाई लिएर सरकारको जवाफदेहिता माग भइरहेका बेला प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकारका टिप्पणीले थप बहस सिर्जना गरेको छ।

संविधानको धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको छ। पत्रकारको समाचार स्रोत गोप्य राख्न पाउने अधिकार र प्रेस स्वतन्त्रताको विषयसमेत जोडिएको यस घटनाले सरकार र सञ्चार क्षेत्रबीचको सम्बन्धबारे नयाँ प्रश्न उठाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖