• Tuesday 6th of October 2026

केएमसीमा डाक्टरलाई कुटपिट गरेको आरोपमा गुल्मीका दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीका ३४ वर्षीय सरोज गौतम र २२ वर्षीय रुपक गौतम रहेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए ।

चिकत्सक कुटपिट गरिएको भन्दै मेडिकल कलेजका रेसिडेन्ट डाक्टरहरू अस्पताल परिसरमै धर्नामा बसेका छन् ।

करिब एक साता आन्दोलनपछि सरकारसँग सहमति भएको केही घण्टाभित्रै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक कुटिएका थिए ।

आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक डा। मनिष खड्कासहितका स्वास्थ्कर्मीलाई उनीहरुले कुटपिट गरेको आरोप लागेको छ ।

काठमाडौं मेडिकल कलेजमा पुगेका बिरामीका आफन्तद्वयले चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖