अभिनेत्री राखी सावन्त तेस्रो विवाह गर्न लागेकी छन्।
भारतीय मिडियाका अनुसार उनले पाकिस्तानका अभिनेता तथा निर्देशक डोडी खानसँग विवाह गर्ने तयारी गरेकी हुन्।
राखीका अनुसार विवाह इस्लामिक रीति-रिवाजअनुसार हुनेछ, रिसेप्सन भारतमा आयोजना गरिनेछ, र हनिमुनका लागि स्विट्जरल्याण्ड र नेदरल्याण्ड जाने योजना छ।
विवाहपछि उनी दुबईमा बस्नेछिन्।
