• Tuesday 6th of October 2026

भारतीय २ हजारको नोट साट्ने समय ७ दिन थप


  • धनकुटा खबर
  • .

वीरगञ्ज । भारतीय रिजर्व बैंकले भारु २ हजारको नोट साट्ने समयावधि ७ दिन थप गरेको छ । भारतीय रिजर्व बैंकले चलनचल्तीमा रहेको भारु २ हजारको नोटलाई बैंकमा फर्काउने नीति लिएको हो ।

उक्त समयसीमा शनिबार सकिएपछि फेरी समय थप गरेर अक्टोबर ७ तारिक सम्मका लागि सीमा तोकेको छ । भारतीय रिजर्ब बैंकले सूचना जारी गर्दै २ रुपैंयाको नोट अक्टोबर ७ तारिकसम्ममा सबै सटही गरिसक्न भनेको छ ।

भारतीय नक्कली नोटहरु बजार ल्याएर भारतको अर्थतन्त्र ध्वस्त पार्न खोजेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाएर २ हजारको नोट जारी गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖