• Tuesday 6th of October 2026

भाटभटेनीमा सामान किन्न गएका युवक नक्कली नोटसहित पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । विराटनगर महानगरपालिका–६ मा संचालित भाटभटेनी सुपर मार्केटमा समान किन्न गएका युवकलाई प्रहरीले नक्कली भारतिय नोट सहित पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ घर भएका ३४ वर्षीय ईशान अन्सारी छन् ।

शनिबार पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोट बरामद गरेको छ । उनले भाटभटेनीमा १ हजार ६ सय बराबरको सामान खरिद गरेका थिए ।

वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले अन्सारीले प्रयोग गरेको बा१६च ७६१३ नम्बरको कारपनि बरामद गरेको छ । -रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖