• Monday 5th of October 2026

के मेस्सीले आगामी विश्वकप खेल्छन् ?


  • धनकुटा खबर
  • .

एजेन्सी । विश्वप्रसिद्ध खेलाडी अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनेल मेस्सीले २०२६ को फिफा विश्वकप खेल्न सक्ने बताइएको छ ।

अर्जेन्टिनी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीले सन् २०२६ को फिफा विश्वकप खेल्न सक्ने बताएका हुन् ।

यद्यपि मेस्सीको सहभागिताबारे आधिकारिक घोषणा गर्न भने हतार हुने उनको प्रतिक्रिया छ । कतार विश्वकप २०२२ मा अर्जेन्टिनालाई विजेता बनाउन प्रशिक्षकको रूपमा स्कालोनीले भूमिका महत्त्वपूर्ण थियो । उनको प्रशिक्षण र मेस्सीको कप्तानी तथा शानदार प्रदर्शनमा अर्जेन्टिनाले ३७ वर्षपछि विश्वकप जितेको थियो ।

आठ पटकका बलोन डि ओर विजेता मेस्सीले भने यसबारे कुनै धारणा व्यक्त गरेका छैनन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖