• Tuesday 6th of October 2026

पोखरा पुगेर हमालले भने- उमेर छँदै सीप र दक्षता हासिल गरौं


  • धनकुटा खबर
  • .

काठमाडौं । महानायक राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन्। गोरेटो कन्सल्टेन्सि पोखरा शाखाको उद्घाटन गर्दै महानायक हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नु पर्नेमा जोड दिएका हुन्। 

समय परिवर्तनशील भएकोले समयमै हरेक व्यक्तिले आफू भोलि कस्तो बन्ने भन्ने विषयमा निर्णय लिँदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने उनले बताए।

परिवारको साथ भएको अवस्थामा आफूले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै महानयक हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी गरे। उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सीपलाई भविश्यमा सामाज परिवर्तनको लागि तथा आफ्नो घर परिवारको उज्वल भविश्यको लागि लाग्नु पर्ने उनको भनाई थियो।

परिवारको सदस्य र आफ्नो स्वइच्छाले विदेश जान चाहेमा राम्रोसँग बुझेर आधिकारीक संस्थाबाट मात्र जानको लागि महानायक हमालको सुझाव थियो। गोरेटोका ब्राण्ड एम्बासडरसमेत रहेका उनले कस्तो सीप हासिल गर्ने हरेक व्यक्तिले आफ्नो बुद्धि, विवेक अनुसार आफैँले समयमै निर्णय लिनुपर्ने उल्लेख गरे। 

काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको गोरेटोको शाखा पोखरामा पनि सञ्चालन गरिएको प्रबन्ध निर्देशक धिरज कँडेलले जानकारी दिए। पोखराको चिप्लेढुंगा (महेन्द्रपुल)मा रहेको उक्त शाखाबाट क्यानडा, बेलायतसहितका देशमा उच्च शिक्षा हासिल गर्न सहजीकरण गर्ने निर्देशक कँडेलले बताए। 

गोरेटोले हालै मात्र अध्ययनका लागि यूके जाने विद्यार्थीलाई समेत सेवा थालनी गरेको हो। क्यानडा जाने विद्यार्थीको पहिलो रोजाई बनेको गोरेटोले देशभरका विभिन्न स्थानमा शाखा खोल्दै आफ्नो लोकप्रियता बढाइरहेका बेला अध्ययनका लागि विद्यार्थीलाई वेलायत पठाउन सुरु गर्दै सेवा विस्तार गरेको हो। 

विश्वव्यापी मान्यता, आधुनिक समय अनुसारको कोर्सहरूको उपलब्धता, पढाई पश्चात् पाइने पोस्ट स्टडी वर्क पर्मिट, छिटो छरितो सरल कागजी प्रक्रिया र अन्य मुलुकको तुलनामा यूके अन्तर्राष्ट्रिय विद्यार्थीप्रति उदार भएकाले युके पछिल्लो समय आकर्षणको केन्द्रबिन्दु रहेको कुरा गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कँडेलले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖