• Tuesday 6th of October 2026

श्रीमानको अंश नलिने गरी एलिनाले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा


  • धनकुटा खबर
  • .

गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए।

उनले माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्। पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए । ​एलिनाका पति अस्ट्रेलियामा बस्छन् ।

केही समयअघिदेखि यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖