• Tuesday 6th of October 2026

एलिनाले पति विष्णुसँग अंश र माना चामल नलिने


  • धनकुटा खबर
  • .

काठमाडौं । गएको वैशाख ५ गते झापा, बिर्तामोडमा तामझामका साथ विवाह गरेका थिए, गायिका एलिना चौहान र विष्णु सापकोटाले । बाग्लुङका विष्णु सापकोटा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरूबीच ब्रेकअपको हल्ला फैलिएको थियो । तर, यो हल्लालाई बदर गर्दै उनीहरूले लगनगाँठो कसे ।

तर, यो सम्बन्ध त्यति सुमधुर रहेन । उनीहरूबीच खटपट भएको गाइँगुँइ खबर चलिरहेकै बेला गायिका ज्योति मगरले फेसबुकमा यस्तो स्टाटस राखिन्, ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँशु झारिन् । पब्लिक फिगरको त यस्तो दुर्दशा छ आम महिलाको हालत के होला …?’

धेरैले यो स्टाटस एलिना चौहानलक्षित भएको अनुमान गरे ।

धेरै समय नबित्दै एलिनाले डिभोर्स गर्न लागेको खबर सतहमा आयो । यसबारे अनलाइनखबरले उनीसँग कुरा गर्न खोज्दा एलिनाको जवाफ यस्तो थियो, ‘यी कुराले मलाई एकदम टर्चर महसुस भइरहेको छ । एयरपोर्ट जाँदा होस् वा सार्वजनिक ठाउँमा पनि मलाई यस्तै प्रश्न सोधिन्छन् । पब्लिक फिगर भएपछि यी कुरा झेल्नुपर्ने रहेछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖