• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकी संसदमा डिपसिक प्रयोगमा प्रतिबन्ध, भन्यो, ‘अनुसन्धान जारी छ’


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, १९ माघ । अमेरिकी संसद र कंग्रेसले आफ्नो कार्यालयमा चीनको आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याटबट डिपसिकको प्रयोगमा प्रतिबन्ध लगाएको छ। 

 

एक्सियोसको रिपोर्टका अनुसार अमेरिकी कंग्रेसले यस सम्बन्धमा एक सूचना जारी गर्दै प्रणालीमा खतरनाक सफ्टवेयर अपलोड गर्न धेरै च्याटबट प्रयोग भइरहेको जनाएको छ ।  यसले डिपसिकबाट हुने सम्बन्धित जोखिमहरू पनि बताएको छ । अमेरिकी कांग्रेसले एआई प्रविधिको द्रुत विकासका कारण सुरक्षा र प्रशासनिक चुनौतीहरूको सामना गरिरहेको बताएको छ। 

 

यसैबीच कांग्रेसका प्रमुख प्रशासकीय अधिकृतले अहिले डिपसीकमाथि अनुसन्धान भइरहेको बताए । यस कारणले यो अमेरिकी कांग्रेस कार्यालयहरूमा प्रयोग गर्न सकिँदैन।

 

कुनै पनि सम्भावित खतरालाई सम्बोधन गर्न डीपसीकको प्रयोगलाई सदनद्वारा जारी गरिएका सबै उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ। साथै, कर्मचारीहरूलाई आधिकारिक फोन, कम्प्युटर र ट्याब्लेटमा डिपसिक डाउनलोडमासमेत प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖