• Tuesday 6th of October 2026

“जीवनमा आउने अवरोधलाई म बाधा होइन, सिकाइ ठान्छु”:अभिनेत्री रेखा थापा


  • धनकुटा खबर
  • .

अभिनेत्री रेखा थापा भन्छिन्, “जीवनमा आउने अवरोधलाई म बाधा होइन, सिकाइ ठान्छु।

सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्। अहिले फर्केर हेर्दा, ती सबै जीवनको हिस्सा लाग्छन्।”

आफ्नो अभिनयबारे उनले भनिन्, “म उत्कृष्ट भएर नै यहाँसम्म आएकी हुँ। अहंकार होइन, आत्मबोध हो। तर, अझै पनि म खोजेजस्तो अभिनय गर्न पाएकी छैन। किशोरावस्थामा हुलमुलमा काम गरियो, पछिल्लो समय जिम्मेवारीसाथ। तर, पूर्ण स्वतन्त्रताको अनुभूति अझै गर्न बाँकी छ।

म आफ्नो फ्यान हुँ र मलाई थाहा छ, अलि ध्यान दिएँ भने अझ राम्रो गर्न सक्छु।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖